कोहलपुरमा १८औँ जिल्ला स्तरीय खुल्ला गोजोरियो कराँते प्रतियोगिता सञ्चालन हुँदै

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

दिपक बहादुर कुँवर

“राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नारा सहित खेलाडीको मनोबल र हौसला बढाउनका लागि बाँकेको कोहलपुरमा १८ औं जिल्ला स्तरीय खुल्ला गोजोरियो कराते खेलकुद प्रतियोगिता हुन लागेको आयोजक टीमका सदस्य तथा गोजोरियो कराते जिल्ला अध्यक्ष निम प्रसाद खनालले बताए।

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं.३ मदनचोकको नजिकै कोहलपुर बागेश्वरी स्कूलमा मिति २०८० भाद्र २८ गतेसम्म दर्ता गर्नका लागि आवहान गरिएको छ । उक्त खेलकुदका लागि दर्ता शुल्क रू.१००० लाग्ने र खेलकुद प्रतियोगिता ३० गते बाट सञ्चालन हुने खनालले बताए।

कराँतेको कुमुतेतर्फ तौल समूह २५ के.जि. देखि ६० के.जि.सम्म रहेको छ। १८औँ जिल्ला स्तरीय खुल्ला गोजोरीयो प्रतियोगितामा खेलाडी २५० देखि २८० सम्म रहने बताइएको छ । जसमध्ये प्रत्येक सहभागी हुने खेलाडीलाई टिसर्ट, सहभागी प्रमाणपत्र, खाना,नास्ता र पदक विजेता प्रथम, द्वितीय ,तृतीयलाई मेडल र प्रमाणपत्र तथा विशेष पुरस्कारको पनि व्यवस्था गरिएको आयोजक टीमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *