खुल्ला टेबलटेनिस प्रतियोगितामा गुरुङ भए प्रथम


नेपालगन्ज : आउदै गरेको विजया दशमी, शुभ दिपावलीको पावन अवसरमा आयोजना गरिएको खुला टेबलटेनिस प्रतियोगिताको उपाधी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका छात्र प्रनिल गुरुङले जितेका छन् ।

शनिबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भएको प्रतियोगितामा ५० जना खेलाडी सहभागी भएका थिए । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानवशास्त्र विषय अध्यापन गर्ने गोकर्ण बहादुर शाहीको आयोजनामा तथा विभिन्न दाताहरूको आर्थिक सहयोगमा कार्यक्रम गरिएको शाहीले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि आर जि एम ग्रुप प्रा.लि. का रेगु भण्डारी, त्यसैगरी प्राध्यापक राम कुमार गुप्ता, समाजसेवी जीवन श्रेष्ठ, सुरेन्द्र सिंह, शिरीष राज शर्मा, ब्राइट ल्याण्ड कलेजका अर्पित केशर खनाल लगायतको उपस्थिति रहेको थियोे ।

उक्त प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पसका प्रनिल गुप्ता प्रथम, सोही क्याम्पस कै शुसान्त खत्री द्वितीय, तृतीय ब्राइट ल्याण्ड कलेजका विद्यार्थी, उदयमान खेलाडी संजोक राज शाही भएका थिए । त्यसैगरी उत्कृष्ट खेलाडी रोशन थारु, ब्लुतुथ स्पिकर बिपिन ओली भएको शाहीले बताए ।विजेता खेलाडीहरुलाई नगद रुपैयाँ दिनुका साथै सम्मान गरिएको थियोे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र उदयमान खेलाडीलाई एक हजार पाँच सय प्रदान गरिएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका स्ववियु कोषाध्यक्ष भरत राज बुढथापाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोपाल पुनले खेलकुद सामाग्री हस्तान्तरण गरेर खेल सुरु गरिएको थियोे । उहाँले यस्ता किसिमका खेलकुद आयोजना गर्नाले खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *