बाँकेका लायन्स क्लबहरुले ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेका लायन्स क्लबहरुले भेरी अस्पताल नेपालगन्जलाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण गरेका छन् । 

मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा , अस्पताल व्यवस्थापन  सुधार  समिति अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली लगायतको टीमलाई कोरोना महामारी नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो  ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि २ का पूर्व गभर्नर,  लायन्स लिडरहरु त्यसैगरी लायन्स क्लबका अध्यक्षहरु, अन्य पदाधिकारीको उपस्थिति  रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *