नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा “एक घर,एक करेसाबारी” कार्यक्रम अन्तर्गत पशुपतिनगर टाेलमा टोलबासीहरुले करेसाबारीमा फलाए तरकारी, धन्यवाद दिन वडा अध्यक्ष गोपाल पुन घरघरमा पुगेका छन् ।
उक्त टाेलवासीहरुले करेसाबारीमा फलाएका फर्सी, चिचिन्ना, घिरौला आदि फलाएकाे देख्दा खुसी लागेर धन्यवाद दिन घरघरमा पुगेको वडा अध्यक्ष पुनले नागरिक पथलाई बताए ।
मिहिनेती गरे धेरै जग्गा जमिन केही नचाहिने रहेछ थोरै जग्गामा पनि आफुलाई चाहिने तरकारी उब्जाउन सकिने रहेछ अब यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने उनले बताए ।
वडा अध्यक्ष पुनले भने “हाम्राे वडा,राम्राे वडा” अभियान सार्थक बन्दै गइरहेको देख्दा मन प्रफुल्ल हुने बताए ।