भष्ट्राचार विरूद्ध सक्रिय संस्था ‘द डार्क फाईल’ बाँके कमिटी गठन

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : भ्रष्टाचार विरुद्ध लडिरहेको संस्था द डार्क फाईल बाँके जिल्ला तदर्थ कमिटी गठन भएको छ । टंक रेग्मीको संयाेजकत्वमा बाँके जिल्ला कमिटी गठन गरिएकाे हो ।

आईतवार बाँकेमा एक कार्यक्रमकाे आयाेजना गरि रेग्मीकाे संयाेजकत्वमा भष्ट्राचार विरूद्धकाे ‘द डार्क फाईल’ अभियान गठन गरिएकाे हाे ।

नव कठित द डार्क फाईल अभियानकाे सह -संयोजकमा दिनेशराज न्याैपाने, सदस्यहरुमा सुजाता खरेल,कृष्ण दर्शन, विर बहादुर खत्री, शंकर न्याैपाने, छत्र सुनार, राम फिरजन यादव,अनिश साई, प्रेम सुनार,भगत राम थारू र बाँके जिल्ला प्रवक्तामा के.पी. घिमिरे चयन हुनुभएकाे छ ।

यस्तै गरि सल्लाहकार टीममा दिपेन्द्र कुमार जाेशी, देवेन्द्रनाथ शुक्ला, तारा प्रसाद रेग्मी र सूर्यलाल यादवलाई चयन गरिएको छ ।

‘द डार्क फाईल’ अभियानका संयाेजक राजकुमार तिमिल्सिनाले भ्रष्टाचार विरुद्धमा आवाज उठाउन व्यथिति विसंगति र अन्याय अत्याचारका विरुद्धमा लड्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *