लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्री कुर्मीलाई बाँके जिल्लामा प्रवेश निषेध : नेकपा (बहुमत)

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्लामा निषेध गर्ने आज पत्रकार सम्मेलन मार्फत बताएको छ ।

सोमबार स्थानीय सिद्धार्थ कटेजमा गरिएको पत्रकार सम्मेलनमा उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले उक्त कुरा बताएका हुन् ।

पार्टीले निर्मला कुर्मीको बेपत्ता तथा हत्याका आरोपित वन तथा वातावरण मन्त्री साहलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई भदौ २५ देखि असोज १ गतेसम्म १ लाख जनताको हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाउने भएको छ । मन्त्री बादसाह कुर्मीका सबै खाले सामाजिक कार्यक्रमहरु बहिष्कार गर्ने पनि उक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी डिबी भनिने सांसद धन बहादुर केसीलाई पुर्व रुकुममा प्रवेश रोक लगाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यस्तै धन बहादुर केसीलाई उन्मुक्ति दिने न्यायाधीश लोकबहादुर हमालको घरमा कालो ब्यानर टासिने बताइएको छ । भाद्र ३१ गते न्यायाधीश हमालको पुत्ला दहन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *