महेन्द्र बहुमुखी क्याम्पस राजनीति शास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको तिज मिलन कार्यक्रम

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : महेन्द्र बहुमुखी नेपालगंज राजनीति शास्त्र विभाग अन्तर्गत एम. ए. तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्धीहरुले तिज मिलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।
बुधबार स्थानीय होटल द ग्यालेक्सी दरबारमा राजनीति शास्त्रका तेस्रो सेमेष्टरमा अध्ययनरत छात्रा अम्बिका काफ्लेको सभातित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राजनीति शास्त्र विभागका विभागीय प्रमुख उप प्राध्यापक रुद्र प्रसाद तिमिल्सेनाको गर्नु भएको थियो । त्यसैगरी अतिथिमा उप प्राध्यापक अर्जुन प्रसाद पोखरेल, शिक्षक एवं संचारकर्मी मधु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य छात्र लाल विर खड्काले राखेको थिए । स्वागत मन्तव्यमा बोल्दै छात्र खड्काले राजनीतिशास्त्र विभागका यस्ता कार्यक्रमले विद्यार्थीहरु तथा गुरुहरु विचमा आत्मियता तथा मित्रता बढाउन सहयोग गर्ने बताए ।

यसैगरी प्रमुख अतिथिका रुपमा रहेका राजनीतिशास्त्र विभागका विभागीय प्रमुख प्राध्यापक रुद्र प्रसाद तिमिल्सेनाले तिज सास्कृति महान पर्व भएको हुदाँ पछिल्लो समय आएर यसमा निकै परिर्वतन भएको बताए । प्रमुख तिमिल्सेनाले तिज पर्वको महत्वका विषयमा बताउँदै विगतमा संचारको अभाव हुदाँ महिला दिदीबहिनीहरुका समस्या तथा पिडाहरु बुझाउन गित मार्फत खुसी छन छैनन भन्ने सन्देश दिने काम भएको बताउनुभयो ।

यस्तै राजनीति शास्त्र विभागका उप प्राध्यापक अर्जुन प्रसाद पोखरेल राजनीतिशास्त्रले राजनीति संस्कार सिक्न सहयोग गर्ने बताए । यस्तै प्राध्यापक पोखरेलले दु:खलाई धक फुकाएर बाड्ने पर्व तिज भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै शिक्षक एवं संचारकर्मी मधु पौडेलले राजनीति शास्त्रको बारेमा सबैले जानकारी तथा ज्ञान लिनु पर्ने बताए ।यस्तै पौडेलले तिज पर्वलाई उत्साहको पर्वको रुपमा लिन समेत सबैमा आग्रह गरेका थिए ।

यस्तै कार्यक्रम सभापति अम्बिका काफ्लेले तिज पर्व विद्रोह,निरास एवं वेदनाको प्रतिकको रुपमा तिज मनाउँदै आएको भएता पनि अहिले आएर केही परिर्वतन भएको आभास भएको बताईन ।

लुम्बिनी प्रदेश सांसद समेत रहेकी काफ्लेले तिज पर्व विकृति मात्रै नभएर संस्कृतिको जगेर्ना समेत गरेको बताईन ।यस्तै शुभकामना व्यक्ति गर्दै तेस्रो सेमेष्टरका छात्र प्रेम बजगाइले राजनीति फोहर खेल भन्दा पनि यसलाई बुझ्न सक्नु पर्ने बताए ।

यस्तै गरी तेस्रो सत्रमा अध्ययनरत छात्रा सुमना गिरी श्रेष्ठले राजनीति संस्कारका लागि समेत राजनीति शास्त्र पढ्नु पर्ने बताइ भने अर्का छात्रा सृजना थपलियाले तिजमा आधुनिकता बढ्दै गएको अवस्थामा यसलाई सकारात्मक व्यवस्थापन गर्न जरुरी रहेको बताईन । राजनीति शास्त्र तेस्रो सेमेष्टरका विद्यार्थी तथा पत्रकार के.पी घिमिरेद्धारा सञ्चालन गरेको कार्यक्रममा दर तथा तिज नृत्य कार्यक्रम समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *