अखिल (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिको अध्यक्षमा कनोजिया


नेपालगन्ज : विद्यार्थीहरुका हकहितका लागि बुलन्द आवाज उठाउदै आइरहेको अखिल (क्रान्तिकारी ) नेपालगन्ज उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मेलनबाट अध्यक्षमा : विष्णु कनोजिया, उपाध्यक्षहरुमा सुवास शाही, रेजिना सिंह , दलविर वि.क, सचिव पदमा भरत नेपाली , सह सचिव पदमा टंक भुल, सुजा बुढाक्षेत्री, धर्म नेपाली , कोषाध्यक्ष पदमा ममता शाही सहित ३५ सदस्यीय कमिटी सर्वसम्मत  चयन भएको छ ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सह-सचिब
अकल बहादुर बमको प्रमुख आथित्यमा ,    नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स),  प्रदेश सचिवालय सदस्य निर्वाचन क्षेत्र न.२ का संयोजक नवीन शर्मा,  नेपालगन्ज उप-महानगरपालिका अध्यक्ष रतन शाही ,सचिब प्रेम शाही, संगठनका केन्द्रिय उप-महासचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्तिमगर, केन्द्रीय उप-महासचिव तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज तुल्सिमणि  के.सी., संगठनका केन्द्रिय सचिब बिनोद बराल,फ्याक्सन इन्चार्ज धर्म राज न्यौपाने केन्द्रिय सचिवालय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुरेन्द्र शाह (जम्बो), जिल्ला अध्यक्ष महेश बस्नेत , महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष भरत बुढथापा लगायतको उपस्थितिमा  तेस्रो सम्मेलन सम्पन्न भएको नव निवार्चित अध्यक्ष कनोजियाले बताए ।

नव निर्वाचित अध्यक्ष विष्णु कनोजियाले संगठनलाई प्रत्येक विद्यालयमा बिस्तार गरिने र विद्यार्थीहरुका मुद्दालाई उठान गर्न संगठन पछि नहट्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *