बाँके : बाँकेको कोहलपुर नगरपालिकामा आसन्न स्थानीय चुनाव लाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच चुनावी तालमेलको घोषणा गरिएको छ ।

आज दुबै पार्टीको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा कोहलपुर नगरको मेयरमा माओवादी केन्द्र र उप मेयरमा एकीकृत समाजवादीको भागमा परेको छ ।

त्यसैगरी माओवादी केन्द्रको भागमा १३ वटा वडा र समाजवादीको भागमा २ वटा वडा पर्ने र वडा सदस्यहरुमा माओवादीको भागमा ४७ वटा र समाजवादीको भागमा १३ वटा सदस्य पर्ने भएको छ । यद्यपि नेताहरुले वडा सदस्यहरुको भागबण्डा मिलाउन बाँकी रहेको बताएकाछन ।
