गगन पौडेल
नेपालगन्ज : प्रेस सेन्टर नेपाल नेपालगन्ज उपमहानगरपालिका को प्रथम सम्मेलन सम्पन्न भएको छ। अध्यक्षमा चन्द्र बोहरा सर्वसम्मतिले चयन भएका छन् ।

प्रेस सेन्टर नेपाल बाँके जिल्ला कार्यसमिति अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षता भएको प्रथम ऐतिहासिक सम्मेलनबाट १९ कार्यसमिति पदाधिकारी चयन गरिएको छ ।

१९ बर्ष लामो पुरानो इतिहास बोकेको नेपाल प्रेस सेन्टर सदैब आम नागरिक का साना साना समस्याहरु, खोजमुलक समाचार र अन्याय र अत्याचार विरुद्ध सदैव लडिरहेको कार्यक्रममा बोल्ने वक्ताहरूले भनेका थिए ।
बक्ताहरुले कार्यक्रममा बोल्दै पत्रकार र पत्रकरिता स्वतन्त्र निस्पक्ष हुनुपर्ने तथा पत्रकार समाज परिवर्तनको एउटा मुख्य जिम्मेवार ब्यक्ति भएकोले आफ्नो पेसा प्रति पुर्ण ईमानदार रहि आफ्ना लेख, समाचार प्रशारण तथा प्रकाशन गर्ने एबम् जनताका समस्या हरुलाइ सरकार समक्ष पुर्याउन विशेष भुमिका खेल्नुपर्ने बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा प्रेस सेण्टर बाँकेका संस्थापक अध्यक्ष सुशील लामिछाने, विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष तथा नगर इन्चार्ज अक्कल बहादुर बम, अतिथिमा नेपालगन्ज उपमहानगरपालिका नगर इन्चार्ज रतन बहादुर शाही, उपाध्यक्ष बसन्त मल्ल,सचिव प्रेम शाह, लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, वाइसीएल केन्द्रीय सदस्य मिना चदारा, महिला नेता कस्मीरा खातुन, अनेमसंघकी नेपालगन्ज नगरकी सचिव इश्वरी रावत, वरिष्ठ पत्रकार अजय गुप्ता, युुुुवा नेेेेता तिर्थ ज्ञवाली, प्रेेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शिव सुनार, प्रेस सेण्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्ले, सचिवद्वय गजेन्द्र गुरुङ, अालाम खान, थारु पत्रकार संघका अध्यक्ष हेमन्त चौधरी, पत्रकार महासंघ बाँकेका सहसचिव कृष्ण वली, सदस्यहरु खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, नेपालगन्जका पार्टीका वडा अध्यक्ष लगायतका अतिथिहरुको उपस्थिति रहेकोे थियोे ।
सम्मेलनबाट चन्द्र बोहराको अध्यक्षमा उपाध्यक्ष अमर शाही, सविता चन्द, सचिवमा आकाश कसौधन, सहसचिवमा गगन पौडेल, अर्सद रङरेज, कोषाध्यक्षमा सेर बहादुर बोहरा, सदस्यहरुमा सन्तोष तिवारी, प्रदिप ठाकुर, सपना परियार, सुष्मा सुनार, उत्तम केसी, लगायतका रहेका छन् ।
