नेपालगन्ज : नेपालमा २०६२/६३ सालपछि पटकपटक पूर्व राजाहरुका सालिक राख्नमा ठूलै विवाद हुने गरेको छ । नेपालगन्जको मुख्य शहर त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको सालिक पनि अहिलेसम्म जिर्ण बन्दै गइरहेको छ नत राजसंस्थाको बारेमा कुरा उठाउने पार्टीको त्यो सालिक बनाउनेतर्फ ध्यान छ नत स्थानीय सरकारले नै ध्यान दिएको छ ।
जनआन्दोलन पछि त्रिभुवन चोकलाई कमल मधेसी चोक भनेर पनि नाम राखिएको थियोे पछि पुनः त्रिभुवन चोकमा त्रिभुवन नै सालिक राखिएको छ तर त्यसको मर्मत सम्भार नहुदा चारैतिरबाट इट्टा देखिनुको साथसाथै सालिकको सौर्न्दर्यमा पनि कमी आएको छ ।
नेपालगन्ज वडा नं ११ र वडा नम्बर ८ को सिमानामा पर्ने राजा त्रिभुवनको सालिक मर्मतसम्भारमा दुवै वडा कानमा तेल हालेको पाइन्छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा राप्रपाले नै विजय गरेको छ भने ११ नम्बर वडामा नेकपा माओवादी केन्द्रले जितेको छ । वडा नं ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपलाई उक्त सालिकको बारेमा जिज्ञासा राख्दा यो आर्थिक वर्षमा बनाउने भनी भनेता पनि अहिलेसम्म जस्ताको तस्तै रहेको पाइन्छ ।

