काठमाण्डौको शंखमूलमा एक व्यक्तिको हत्या

मुख्य खबर

काठमाडौं महानगरपालिका-१०,शंखमूलमा आइतबार राति एक पुरुषको हत्या भएको छ । शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बान्तवाको शरीरमा घाउ चोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । बान्तवाले बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

उनको हत्या कसले र किन गर्यो भन्ने यकिन खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *