अस्पताको बेडमा बिरामीहरुलाई टीका लगाएर मनाए नर्सिङ स्टाफले होली

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : एकआपसमा सद्भाव कायम गरेर मनाउँदै आइरहेको होली पर्व सबैले नाँचगान, खानपिन गरेर मनाएको पाइन्छ भने राष्ट्र सेवक कर्मचारीहरुले डिउटीमै मनाउने गरेको पाइन्छ ।

भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज लगायतका अस्पतालमा प्राविधिक कर्मचारीहरुले भर्ना भएका बिरामीलाई सान्त्वना दिदै उनीहरुलाई अविर लगाएर र आफुले लगाएर होली मनाएका छन् ।

भेरी अस्पतालमा भर्ना भएकी बाँकेको खजुरा गाउँपालिका कि बिरामी लक्ष्मी टमटा, त्यसैगरी राप्ती सोनारीकि बिरामी मिना नेपाली लगायतका बिरामीहरुलाई होलीको टीका लगाएर आफुले पनि लगाएको नर्सिङ स्टाफ पार्वती बुढाथोकीले बताइन् ।

उनले भनिन् बिरामी हाम्रा भगवान हुन् उनीहरु खुसी हुनु नै हामी खुसी हो हामी कर्मचारीलाई चाडपर्व भनेको सेवामा नै रमाउनु हो उनले भनिन् । त्यस्तै राष्ट्र सेवक प्रहरीहरु दिनभर सडकमा घाम घाममा आफ्नो डिउटी गरेको थिए । तपाईंहरुलाई चाडपर्व मनाउने रहर हुदैन भन्ने जिज्ञासामा उनीहरूले के गर्नु यसरी चाडपर्व नमनाएको त थुप्रै भयो सेवा नै धर्म हो उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *