सौर्य जहाजमा १९ जजा यात्रु रहेको खुलासा

मुख्य खबर

काठमाण्डौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको छ । जहाज धावन मार्ग छोड्न साथ दुर्घटनामा परेको हो ।

सौर्य एयरलाइन्सको ९ एन- एम. मई जहाजमा १९ जना यात्रु रहेको बुझिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त जहाज काठमाण्डौं देखि पोखराका लागि उडेको थियोे ।

जहाज प्राविधिक परीक्षणका लागि उडेको प्राधिकरणले जनाएको छ । अहिले दुर्घटना स्थलमा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्राधिकरणका टीम लगायत जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *