नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका अल्पसंख्यक जातीका तिरथराम चिडिमारलाई जनताको माया,हौसला र उनीहरुले जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालभित्र कुनै पनि स्थानीय तहमा चिडिमार समुदायको उम्मेदवार रहेको छैन यसपटक जसरी पनि हामी आफ्नो समुदायको उम्मेदवारलाई जिताउछौं स्थानीय हौसिला चिडिमारले बताए । यसभन्दा अघिल्लो स्थानीय चुनावमा हामीले गल्ती गर्यौ अब त्यो गल्ती दोहोर्याउन चाहदैनौं उनले भने ।
नेपालको जनसंख्या मध्ये चिडिमार समुदायको जनसंख्या लगभग १२०० को हाराहारीमा रहेको छ, अरु सबै पार्टीले हाम्रो समुदायलाई टिकट दिन्छु भनेर झुक्याउने गरेको तर नेकपा माओवादी केन्द्रले दुई दुई पटक सम्म विश्वास गरेर पिछडिएको समुदायलाई टिकट दिएको छ त्यसैले हामीहरु सबै एक छौं यसपटक गल्ती दोहोरिन दिदैनौं नाम नबताउने शर्तमा अर्का स्थानीयले नागरिक पथलाई बताए ।
हामी गाउँ ठाउँमा कसैको दुश्मनी हुन चाहादैनौं तर हाम्रो भोट नेकपा माओवादी केन्द्रमा तिरथराम चिडिमारको टीमलाई दिने निर्णय बेलासपुर , मुक्तिपुर, नयाँ बस्तीका बासिन्दाले गरेको उनीहरुको भनाइ रहेको छ । नेपालगन्ज १२ मा अध्यक्ष पदमा तिरथराम चिडिमारको नेतृत्वमा सदस्यहरु दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा शेष पठान र दलित सदस्यमा गौरी नेपाली रहेका छन् ।
