रहेनन् समाजसेवी कुँवर

लुम्बिनी प्रदेश बिशेष

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा ६ निवासी जिल्लामा समाजसेवीका रुपमा नाम कमाउनु भएको ९१ वर्षीय चक्र बहादुर कुवँरको मृत्यु भएको छ ।

पश्चिम गुल्मीको धरोहर, विकासप्रेमी नेताका रुपमा चिनिएका, पञ्चायत कालदेखि लोकतान्त्रिक गणतन्त्रसम्म पनि निरन्तर सादा जीवन उच्च विचार रही निश्वार्थ भावनाले समाजलाई सकारात्मक बाटोमा लैजान अहम् भूमिका निर्वाह गर्नुहुने कुँवरको आफ्नै निवास मदाने ६ नुवारा भन्ने ठाउँमा मृत्यु भएको हो ।

साविकको पुर्कोट दह गा.वि.स. र हालको मदाने गाउँपालिकामा विकासको बाटो पुर्याउन, त्यहाँका शिक्षा, स्वास्थ्य, खानेपानी लिन तथा बाटोघाटो बनाउन उहाँले गरेको योगदान कसैले भुल्न नसकिने उक्त गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुँवरले बताउनुभयो ।

नीजको स्थानीय पनाहा खोलामा आजै अन्तिम संस्कार गरिने निजका परिवारजनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *