घरेलु मैदान भारतलाई हराउदै अष्ट्रेलियाले उपाधि जित्यो

विश्व स्वास्थ्य/ खेलकुद

भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जित्न सफल भएको छ। 

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा लाखौंको दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।

यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गरेर कीर्तिमान बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *