नेपालगन्ज : कोरोना महामारीको समयमा उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको हरपल होलिस्टिक होम केयर एण्ड रिसर्च ट्रेडिङ सेन्टर नेपालगन्ज छोटो समयमा नै सबैको मनमा बस्न सफल भएको छ ।
कोरोना महामारीको समयमा अस्पतालमा बेडहरु पाउन कठिनाइ भइरहेको समयमा, कुनै अस्पतालले कोरोनाका बिरामीहरुलाई भर्ना नलिएको अवस्थामा घर घरमै पुगेर सयौंको ज्यान बचाउन सफल हरपल होलस्टिक होम केयर सेण्टरले बिरामीको सेवा मात्र नभएर स्वास्थ्य शिविर समेतमा आफ्नो सेवा दिएको छ । आज नेकपा एमाले बाँकेको जिल्ला अधिबेशनमा उपस्थिति नेता तथा कार्यकर्ताहरुको स्वास्थ्य जाँच गरेको सचिव गिरीले बताइन् ।

सातजना नर्सिङ टीमले परिकल्पना गरेर खोलिएको संस्थाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा आफनो कार्यालय स्थापना गरेर सेवा दिइरहेको संस्था कि सचिव सुमन गिरीले जानकारी गराइन् । अहिले कसैको घरमा ड्रेसिङ गर्नु परेमा, बिरामीको सेवा गर्नु परेमा, चिकित्सकीय सेवा चाहिएमा, घरघरमा गएर सेवा गर्दछौं उक्त संस्थाकी अध्यक्ष बसन्ता केसीले बताइन् ।
उक्त संस्थाले सेवा मात्र होइन कि अब नर्सिङ सेवा कसरी प्रभावकारी बनाउने, कसरी बिरामीको मन जितेर छिटोभन्दा छिटो निको बनाउने, बृद्धअबश्था रहेका बुबाआमालाई कसरी सेवा दिने लगायतका ट्रेनिङ पनि संस्थाले सञ्चालन गर्न लागेको अध्यक्ष बिसीले बताइन् ।

