कृषकका लागि कुनै अनुदान दिइदैन, दिए पनि आफ्ना नजिकका लाई दिइन्छ पिडित कृषक


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ निवासी निजामुद्दीन कबडिया नेपालगन्जको टन्टलापुर घाममा आफुले लगाएको ३ बिगाहा तरकारी बारीमा ह्यान्ड पम्पमा जोडिएको सानो मटरबाट पानी चहार्दै गरेका थिए ।

हामीले उहाँलाई सोध्यौं यति धेरै जमिनमा एउटा बोरिङ पनि गाडिएको छैन ? उनले मलिन स्वरमा भने मैले वडा पञ्चायतमा निवेदन दिएको धेरै समय भयो मिल्छ मिल्छ भन्छन् तर अहिलेसम्म केही पनि नमिलेको सुनाए ।

निजामुद्दिन कबडियाले भने हामी कृषकलाई नत बिउ बिजन नै दिइन्छ न त कुनै राहात, आफ्नो मेहनतले तरकारी फलाउने हो त्यही पनि बजारमा राम्रो भाउ नमिल्ने उनले दुखेसो पोखे । उनले ३ बिगाहा जग्गा लिजमा लिएर तोराही
काक्रो ,मुला, भिन्टी , खुर्सानी, लसुन, भण्टा लगायतका तरकारी लगाएको बताए । अत्यधिक गर्मीका कारण पानी प्रशस्त नहुदा तरकारी सुकेको उनले बताए । यदि वडाबाट बोरिङको व्यवस्था गरिदिएमा हामी जस्ता किसानहरुलाई धेरै राहत मिल्ने उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाबाट २३ वटा वडामा कृषि कार्यक्रम अन्तर्गत थुप्रै रकम छुट्याइएको भए पनि वास्तविक कृषकले नपाएको उनले गुनासो गरे । आफ्नो बारीमा १२० रुपैयाँमा ५ किलो काक्रो दिने गरेको तर बजारमा त्यही काक्रो १ किलोको रु १०० सम्म पार्छन् हामी खेती किसान गर्नेको दु:ख मात्र छ यस्तै सबै तरकारीमा मुल्य राम्रो नपाएको उनले बताए ।

oplus_0

Leave a Reply

Your email address will not be published. Required fields are marked *