नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान दिएको ज्ञानोदय विद्या निकेतन मा- वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले तिहारमा खेलेको देउसी भैलीको रकमबाट वृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् ।
हामीले देउसी भैली खेलेको रकमबाट कसैको मुहार खुसी बनाउन सकिन्छ कि भनेर हामीले उक्त रकमबाट खाद्यान्न खरिद गरेर नेपालगन्जमा रहेको नील सागर असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्रमा दिएको उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिपा डाँगीले बताइन् ।

उक्त विद्यालयका प्रिन्सिपल मान बहादुर थापाका अनुसार विद्यार्थीहरु सामाजिक कार्यमा काम गर्दा खुसी हुने गरेका छन् पढाइको संगसंगै उनीहरुलाई समाजसेवामा पनि रुचि लगाउनु राम्रो भएको उहाँले बताउनुभयो ।
विद्यालयका सहायक प्रिन्सिपल अभि खनालका अनुसार १२ हजार बराबरको खाद्यान्न वितरण गरेको बताउनुभयो ।

