माटोको ढिस्को खस्दा गुल्मीमा एकजनाको मृत्यु , अर्को एकजना घाइते


गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी बिष्णु रानाको ढिस्कोले च्यापेर मृत्यु भएको हो । शनिबार दिउँसो १:३० बजेको समयमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्न गई ३५ बर्षिए राना घाइते हुदा उनलाई गुल्मी अस्पताल तम्घासमा उपचारको लागि लगिएको थियो ।

रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए ।

त्यस्तै सोही क्रममा ५४ बर्षिए हुमकला रानाको ढिस्को खस्दा कम्मरमा चोट लागेको र गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको पोख्रेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *