नेपालगन्ज : संसारभरका मजदुर एक हौं भन्ने मूल नाराका साथ बाँकेमा १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस लगायतका संघ संगठनहरूले मजदुर दिवस मनाएका हुन् । जिफन्टले स्थानीय बि.पी.चोकबाट र्याली निकालेर त्रिभुवन चोक हुदै निर्वाचन कार्यालयको परिसरभित्र पुगेर कोण सभा गरेको थियोे ।

जिफन्टले उपस्थित श्रमिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औसधि समेत वितरण गरेको हो । उक्त स्वास्थ्य परीक्षणमा लाइफ लाइन हस्पिटलका मेनेजिङ् डाइरेक्टर फिजिसियन डा. पारस श्रेष्ठ र फिजिसियन डा. क्रिष्टिना श्रेष्ठले स्वास्थ्य जाँच गरेका थिए ।
उक्त कार्यक्रममा सुगर जाँच, ज्वरो, बि.पी. लगायतको जाँच गरी औसधि वितरण गरिएको डा. पारस श्रेष्ठले बताए ।
जिफन्ट बाँके जिल्ला अध्यक्ष कृष्णबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष किश्मत कुमार कक्षपति, जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरी, स्वास्थ्यकर्मीका नेताहरू , ट्रेड युनियनका नेताहरू लगायत श्रमजीवी श्रमिकहरुको उपस्थित रहेको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आफ्नो कार्यक्रममा स्थानीय बि.पी.चोकबाट र्याली सुरु गरेर जिल्ला समन्वय समितिको हलमा गएर सभा गरेको थियो । संयुक्त ट्रेड युनियन महासंघका बाँकेका अध्यक्ष तोजिन्द्र बहादुर बि.क. को अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका सह महामन्त्री किशोर सिंह राठोर लगायतका नेता तथा श्रमजीवी श्रमिकको उपस्थित रहेको थियो ।

