जन्मदिनको खुसीयाली बाड्न आश्रममा


नेपालगन्ज : सामाजिक सेवा लायन्स क्लब लगायतका संघ संस्थामा आबद्ध रहेका रुपन्देही घर भएका हाल नेपालगन्ज १२ निवासी जीव नारायण बेलबासे जन्मदिनको खुसी बाड्न मानव सेवा आश्रममा पुगेका हुन् ।

बेलबासेले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को सेवालाई नजिकबाट महशुस गरि नेपालगन्जमा रहेको मानव सेवा बाँके शाखामा संरक्षणमा रहनुभएका लक्ष्मीनारायण तथा बालगोपाहरुको सेवाका निमित्त बेलुकाको भोजन सेवा स-प्रेम अर्पण गर्न उक्त आश्रममा पुगेको बताए ।

उनले भने होटलमा गएर फजुल खर्च गरेर मनाउनु भन्दा खुला आकाश मुनि रहनु भएका लक्ष्मीनारायण तथा बालगोपालहरुलाई एकछाक भएपनि खाना खुवाउन पाउदा खुसी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *