दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सुरु

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुरमा दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सुरु भएको छ ।

प्रविधिको विकाससंगै मोबाइल पत्रकारिता तालिम सञ्चालन गरेको महासंघका बाँके अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरुले भरपुर फाइदा लिन उहाँले अनुरोध गर्नुभएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले प्रविधिको विकाससंगै अनलाइन मोबाइल पत्रकारिताको आवश्यकता बढ्दै गइरहेको हुदाँ कोहलपुर नगरपालिकाले नेपाल पत्रकार महासंघसंग सल्लाह गरि उक्त तालिमका लागि बजेट उपलब्ध गराएको बताउनुभयो । उहाँले पत्रकारले खोज पत्रकारितामा ध्यान दिनुपर्ने र व्यक्तिगत रिसिबीको कारणले समाचार बनाउन नहुने बताउनुभयो ।

कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले महिला सञ्चारिका समूहले तालिमको लागि प्रस्ताबना पेश गरेकोमा हामीले नेपाल पत्रकार महासंघ बाँकेसंग सल्लाह गरेर अनलाइन र मोबाइल पत्रकारिता तालिम दिनको लागि नगरपालिकाले बजेट छुछ्याएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष संगिन शर्माले राख्नुभएको थियोे भने कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य र उप प्रमुख संगिता सुवेदी र महासंघका बाँकेका अध्यक्ष दामोदर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

आज आइतबारदेखि सुरु भएको तालिम भोलि सोमबारसम्म रहने छ भने प्रशिक्षकका रुपमा वरिष्ठ पत्रकार जनक नेपाल, हरि बहादुर थापा र पत्रकार सजना बज्राचार्य रहनु भएको छ । अनलाइन पत्रकारितामा सक्रिय ५० बढी पत्रकारहरुको उक्त तालिममा सहभागी रहेको महासंघका सचिव कमल डाँगीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *