दुई दाजुभाइको ऐतिहासिक उपलब्धि: उपसचिव भएपछि  शाखा अधिकृत तयारी पुस्तक प्रकाशन

शिक्षा

कपिलवस्तु : लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्दै एउटै परिवारका दुई दाजुभाइले एकैसाथ उपसचिव पदमा नाम निकाल्नुका साथै शाखा अधिकृत तयारीसम्बन्धी पुस्तक प्रकाशन गरेर उदाहरणीय उपलब्धि हासिल गरेका छन्।
कपिलवस्तुको बुद्ध भूमि नगरपालिका–४, कपिलवस्तुका दामोदर खनाल र पुर्णा खनालका दुई भाइ छोराहरू प्रदीप खनाल र प्रमोद खनाल हाल नेपाल सरकारका उपसचिव हुन्। उनीहरूले संयुक्त रूपमा लेखन तथा सम्पादन गरेको पुस्तक ‘दृष्टिकोण शाखा अधिकृत’ लोकसेवा आयोगको पाठ्यक्रममा आधारित शाखा अधिकृत (लिखित) परीक्षा तयारीका लागि तयार गरिएको हो।

पुस्तकमा विषयवस्तुको स्पष्ट व्याख्या, अवधारणात्मक प्रस्तुति, परीक्षा केन्द्रित रणनीति, क्र्यास कोर्स र प्रश्न–सेटहरू समेटिएका छन्। द्वितीय, तृतीय र चतुर्थ पत्र समावेश गरिएको यो पुस्तक लोकसेवा तयारीरत विद्यार्थीका लागि उपयोगी मार्गदर्शक हुने अपेक्षा गरिएको छ।
पुस्तक Network Educational Academy को शैक्षिक सहयोगमा तथा Excellence Publication Pvt. Ltd. द्वारा प्रकाशित गरिएको हो।

उपसचिवमा नाम निकाल्नु र त्यसै अनुभवलाई पुस्तकका रूपमा सार्वजनिक गर्नुले उनीहरूको मेहनत, अध्ययनशैली र सेवामूलक सोचलाई प्रतिबिम्बित गरेको छ। दुवै दाजुभाइको यो सफलता र योगदानले लोकसेवा तयारीरत युवाहरूलाई थप प्रेरणा दिएको छ।
हाल प्रदीप खनाल अर्थ मन्त्रालयमा कार्यरत रहेका छन् भने प्रमोद खनाल सन्धिखर्क नगरपालिकामा कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *