सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाको होली मिलन कार्यक्रम सम्पन्न

नेपालगंज बिशेष

नेपालगन्ज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले आइतबार होली मिलन कार्यक्रम गरेको छ ।
जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ता तथा मार्केटिङ म्यानेजरहरुबिच सामाजिक सद्भाव कायम गर्न होली मिलन कार्यक्रम गरिएको बाँके बर्दियाका प्रमुख कमल बहादुर शाहीले बताउनुभयो ।

बीमाले आफ्नो कार्यालयमा उपस्थित अभिकर्ता तथा म्यानेजरहरुबिच नयाँ वर्षको क्यालेन्डर पनि वितरण गर्नुका साथै होलीको अबिर लगाएर एकआपसमा शुभकामना आदानप्रदान गरेको शाहीले बताउनुभयो ।

आज पहाडी भेगमा होली खेलिन्छ भने तराईमा भोलि खेल्ने गरिन्छ सरकारले पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि सार्वजनिक विदा दिएको छ । तराई क्षेत्रमा आज र भोलि होली मनाउने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *