नेपालगन्ज – अछामी सेवा समाज नेपालगन्ज बाँकेकाे १९ ओैं स्थापना दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार रक्त सञ्चार केन्द्रमा गरिएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । अछामी सेवा समाज नेपालगन्ज बाँकेले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको उक्त समाजका अध्यक्ष पुष्कर बहादुर खड्काले बताउनुभयो ।

उक्त कार्यक्रममा डा. रुपानन्द अधिकारी, डा. प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।
