मणि अर्यालको फिर्ती उपन्यास बिहीबार विमोचन हुदै

विचार/व्लग

नेपालगन्ज : गीतकार, साहित्यकार तथा लेखक मणि अर्यालको उपन्यास फिर्ती बिहीबार विमोचन हुने भएको छ ।

बाँकेको खजुरामा स्थायी बसोबास गर्दै आइरहेका लेखक अर्याल भरतपुर १० चितवनका जन्मिएका थिए । उनलेे जन्म ठाउँमा गएर उपन्यास विमोचन गर्न लागेको बताउनुभयो ।

गीत, निवन्ध, आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञाप्रतिष्ठानको काव्य विभागको सदस्य समेत रहनु भएको छ । फिर्ती उपन्यासमा विभिन्न कारणले विदेशीन बाध्य भएकाहरूको व्यथा, कथा समेटेर लेखेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *