पश्चिम रुकुम देखि काठमाण्डौंको लागि छुटेको बस बागलुङको निसीखोला गाउँपालिकामा आइतबार साँझ दुर्घटना हुदा रूकुम पूर्वका कृयाशिल पत्रकार तथा प्रेस सेन्टर नेपाल पुर्वी रुकुमका उपाध्यक्ष बिक्रम परियार लगायत ९ जनाको ज्यान गएको छ ।
परियार नेपाल पत्रकार महासंघ रुकुम पुर्वका सहसचिव समेत रहेका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेहरूमा दाङका १६ बर्षीय – लक्की पुनमगर, रुकुम पश्चिम् मुसिकोट १ की २७ वर्षीय- बिनिता के. सी , मुसिकोट २ रातामाटाका सवारी धनी -बबिदेल नेपाली, मुसिकोट ४ सोलावाङ कि ३५ वर्षीय टीका के सी , मुसिकोट 3 साँख कि – कल्पना के सी, रोल्पा घर भएका गाडी चालक मानसिङ बि. क , गोर्खा घर भएकी गिता थापा , ललितपुर घर भएका सुजन महर्जन र
रुकुम पुर्ब सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय पत्रकार बिक्रम परियार रहेको प्रहरीले जनाएको छ ।

