प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको दोस्रो अधिबेशन सम्पन्न अध्यक्षमा भट्टराई

लुम्बिनी प्रदेश बिशेष

इन्जिनियरहरुको छाता संगठन प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा  इन्जिनियर दिपक भट्टराई सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमालेको भातृ संगठन पिनको सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरु सर्वसम्मत चयन भएको उपाध्यक्ष इन्जिनियर नेत्र सापकोटाले बताए । नयाँ बनेको कार्यसमितिमा अध्यक्ष पदमा इन्जिनियर दिपक भट्टराई रुपन्देहीबाट, उपाध्यक्षमा बाँके बाट इन्जिनियर नेत्र सापकोटा, सचिव पदमा रुपन्देहीबाट इन्जिनियर सुरेश पौडेल, सहसचिवमा इन्जिनियर बिक्रम बाबु केसी दाङबाट , कोषाध्यक्ष पदमा इन्जिनियर शिशिर ज्ञवाली गुल्मीबाट, सदस्यहरुमा इन्जिनियर सुर्य भण्डारी गुल्मी लगायतको कार्यसमिति गठन भएको अध्यक्ष भट्टराईले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *