दार्चुलामा फरार थुनुवालाई पक्राउ गर्न जादा भीरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु

मुख्य खबर

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ।

कैलाली घर भएका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिएका छन् ।

जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ घर भएका उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट उम्केर भागेका थिए। 

सोही क्रममा भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट  हामफालेका थिए।  त्यसक्रममा उनी भिरमा लडेका थिए भने टाउकोमा गहिरो  चोट लागेको थियो। 

लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको  प्रहरीले जनाएको छ।

यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको जनाएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *