आकाश कसौधन
नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रांतिकारी) नेपालगञ्ज उपमहानगरपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा मिना डाँगी निर्वाचित हुनुभएको छ ।
आज भएको सम्मेलनबाट उपाध्यक्षमा मञ्जु ज्ञवाली, सीमा कसौधन वैश्य, सचिवमा ईश्वरी रावत शाह, सचिव गुन्जु राणा कोषाध्यक्ष उमा पौडेल सहित ५१ सदस्य कमिटी गठन भएको छ ।

माओवादी केन्द्र नेपालगञ्ज नगर कमिटीद्वारा नगर, वडा, टोल टोल मा पार्टी शुद्धिकरण तथा संगठन विस्तार एवम् चुनावी अभियान अन्तर्गत आज अखिल नेपाल महिला संघ क्रांतिकारीको सम्मेलन पनि राखिएको जानकारी नगर पार्टी अध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो ।
उक्त सम्मेलन मन्दिरा पाण्डेको अध्यक्षतामा, प्रमुख अतिथि संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य अञ्जना चौधरी अतिथि लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा , जिल्ला सदस्य उषा बि-क , नगर अध्यक्ष रतन शाही सचिव प्रेम शाह नगर उपाध्यक्ष वसन्त मल्ल , नगर सचिव तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, माओवादी केन्द्रका युवा नेता अक्कल बहादुर बम, आदेश अग्रवाल, लगायत पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।
