नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवलाई लुम्बिनी प्रदेश सभाबाट निलम्बन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत कपिलवस्तु निर्वाचन क्षेत्र ३(२) बाट निर्वाचित हुनु भएको जानकी प्रसाद यादवलाई बिशेष अदालतबाट सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्ने भ्रष्टाचारको आरोप मुद्दा दायर भएको हुदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ मा भएको व्यवस्था अनुसार भ्रष्टाचारको आरोपको मुद्दा किनारा नलागेसम्मका लागि निलम्बन गरिएको छ ।

लुम्बिनी प्रदेश सभाका प्रदेश सचिव दुर्लभ कुमार पुन मगरले हस्ताक्षर गरेको सूचना अनुसार निलम्बन भएको जानकारी दिइएको छ । लुम्बिनी प्रदेश सभा सदस्य पनि राष्ट्र सेवक कर्मचारी भएको हुदा मुद्दाको फैसला नहुञ्जेलसम्म निलम्बन गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यादव पूर्व उद्योग यातायात तथा पर्यटन मन्त्री समेत बनेका थिए । उनलाई काठ लुकाएर बिक्रीवितरण गरेको आरोप लगाइएको छ ।
हेर्नुहोस् सूचना :

