नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन भोलि हुने भएको छ ।
हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । उहाँका अनुसार संस्थाले १८ भन्दा बढी बेवारिसे लासको सदगद,गरिबी सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण, कोभिड महामारीको समयमा माक्स वितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
भोलि हुने अधिबेशनबाट नयाँ कार्यसमिति गठन हुने बताइएको छ ।उक्त साधारणसभा स्थानीय सुनाखरी रेष्टुरेन्टमा हुने सचिव कमल बहादुर शाहीले बताउनुभयो ।
