नेपालगन्ज : समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी चोकमा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँके,जिल्ला प्रहरी कार्यालय बाँके,लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेको टीमसंगै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.मा अध्ययनरत विद्यार्थीहरुद्वारा जनचेतना सम्बन्धि कार्यक्रम गरेका छन् ।
आइतबार उक्त कलेजमा विज्ञान संकायमा अध्ययनरत केही विद्यार्थीहरुको उपस्थितिमा नेपालगन्ज शहरमा बढ्दो सवारीसाधन, बढ्दो जनसंख्याका कारणले बढ्दो दुर्घटना बढी रहेको हुदा उक्त दुर्घटना कम गर्न र दुर्घटना हुन नदिन तथा न्युनिकरण गर्नका लागि ई-रिक्सा चालकहरु, मोटरसाईकल, साना तथा ठुला सवारी साधनका चालकहरुलाई बाटोमा आवतजावत गर्ने सर्वसाधारणहरु लाई जेब्रा क्रसिङमा कसरी बाटो काट्ने, बिस्तारै सवारीसाधन चलाउने जस्ता कुराहरू विद्यार्थीहरुले सम्झाएका छन् ।

नेपालगन्ज शहरमा लागेका ट्राफिक बत्तीमा कसरी बाटो काट्ने, सवारीसाधन कहाँ नेर रोक्ने, कतिबेला चलाउने, कुनकुन बत्ती बल्दा हिड्ने र रोकिने जस्ता कुराहरु प्रहरीसंगै विद्यार्थीहरुले पनि सिकाएका छन् ।

