यस्तो छ बाँकेका हरेक पालिकामा मतदाता संख्या, हेर्नुहोस् कहाँ कति छ ?

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज : आगामी स्थानीय चुनाव चुनावी माहोल देशभर सुरु भएको छ । ३० बैशाखमा सम्पन्न हुने स्थानीय तह चुनावका लागि बिभिन्न राजनीतिक दलहरु गाउँघरमा सभा , सम्मेलन र भेलामा व्यस्त रहेका छन् भने निर्वाचन आयोगले मतदाता सूची प्रकाशन गरी चुनाव तयारी थालेको छ ।

बाँकेका कुन पालिकामा कति मतदाता छ ?
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनका लागि जिल्लाका ८ वटा पालिकाको मतदाता नामावली सार्वजनिक गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार ७ सय ९४, कोहलपुर नगरपालिकामा ५६ हजार ७ सय  ९७, बैजनाथ गाउँपालिकामा ४५ हजार १ सय २३ मतदाता रहेका छन् । 

त्यसैगरी  राप्ती सोनारी गाउँपालिकामा ४४ हजार ८ सय ४२, खजरा गाउँपालिकामा ३७ हजार २ सय ६४, जानकी गाउँपालिकामा २२ हजार ८ सय २९, डुडुवा गाउँपालिकामा २२ हजार २ सय ५५ र नरैनापुर गाउँपालिकामा १८ हजार ५ सय ९९ जना मतदाता रहेका छन् ।

निर्वाचन कार्यालय बाँकेले मतदाता नामावली प्रकाशन गरेको   र  अब  अन्य कामलाई पनि तीब्रता दिने जनाएको छ । यसपछि मतदाता शिक्षा, मतदाता सामाग्री लगायतको काम गरिने निर्वाचन आयोगले बताएको  छ ।

यसका साथसाथै निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको विवरण पनि तयार गरिदै छ । निर्वाचन आयोगले हिजो मात्रै प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रत्येक पालिकामा निर्वाचन अधिकृत समेत तोकिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *