मोरिङ्गा फर लभले जाजरकोटका भुकम्प पीडितलाई सहयोग


जाजरकोट : मोरिङ्गा फर लभ अमेरिकी सामाजिक सस्थाले जाजरकोटको वडा १ मा भुकम्पबाट ज्यान गुमाउनु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

उक्त ठाउँमा गएर जनही १३ हजार को दर ले ३१ जना परिवारलाई सहयोग गरेको छ । सहयोग कार्यक्रममा सस्थाका निर्देशक डाक्टर प्याट्रीक चौ ले भुकम्प गएको बेला केही सामाङ्ग्री सहयोग गरेको हो । उहाँले भन्नुभयो “अहिले पिडितलाई सबै भन्दा समस्या भनेको घर चलाउनु हो र परिवार गुमाएकाहरु लाई जति सान्त्वना दिए पनि कम हुन्छ तर पीडा बिस्तारै बिर्सनु पर्छ यो नियतीको नियम हो ” । हामी नेपाल घुम्ने मौका परेको बेला हेमन्त राज काफले ले यहाँको वडा अध्यक्षसङ्ग समन्वय गर्नु भएको रहेछ त्यही कारण आज हामी यो वडा ३ मा आएका छौ हामी मानव होउ हजुर हरुको पीडा भनेको ठुलो पीडा हो अलि अलि भए पनि पिडामा मलम लगाउन हामी आएका हौं उहाँले भन्नुभयो ।

वडा बासीहरुलाई सितलचिनी एक जीवन बुटि हो आज तपाईहरु सबैलाई सितलचिनी उपहार दिन्छौ भनेका थियौं सोही कार्यक्रम मा हेमन्त राज काफले ले सितलचिनिको फाईदा र यो लगाउने बारेमा चर्चा गर्नुभएको थियो । डाक्टर दिल बहादुर तामाङ ले हाम्रो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ त मधुमेह रोग भनेको के हो किन लाग्छ र विभिन्न रोगहरु लागेर हामिलाइ के कती असर पारेको छ र दैनिक आहार र व्यवहारको बारेमा डाक्टरले प्रस्ट पार्नु भएको थियो ।

भेरी नगरपालिका वडा ३ का वडा अध्यक्ष दिपक रानाले पहिलो पटक सितलचिनिको बारेमा थाहा भएको यती धेरै महत्त्व बोकेको बिरुवा वडामा लगाउने र मोरिङ्गा जोन वडा बनाउने बताउनु भो र उहाँ ले मोरिङ्गा फर लभले सहयोग गरेको मा मोरिङ्गा फर लभ परिवार लाई हृदय देखि धन्यवाद दिनु भयो र वडाका ५० बढी मानिसहरुको सहभागिता उक्त कार्यक्रममा भएको थियो ।

उक्त कार्यक्रम मा सिङ्गापुर कि जस्मिन लि ले स्वास्थ्य टिप्स दिनु भएको थियो । मंगलबार नै मोरिङ्गा फर लभ टिमले भेरी नगरपालिकामा सितलचिनी सचेतना कार्यक्रम गरेको छ भेरी नगरपालिकाका उपमेयर सीता गौतमले नि सितलचिनी निकै उपयोगी बिरुवा भएको र त्यसलाई भेरी नगरपालिका का मानिसहरु सम्म पुर्याउन के गर्नुपर्छ यो सितलचिनी अभियानमा सङ्गै हुने बताउनु भयो र आउने जेठ असार महिनामा सितलचिनीका बिरुवाहरु नगर भरी लगाउने अभियान चलाउने उहाँले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *