महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज राजनीतिशास्त्र विभागको प्रशिक्षण तथा भेटघाट कार्यक्रम

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको एम.ए. राजनीतिशास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा उक्त विभागमा राजनीतिशास्त्र विषय अध्यापन गर्नुहुने विभागीय प्रमुख रुद्र प्रसाद तिमिल्सिना, अर्जुन प्रसाद पोख्रेल, मधु पौडेल लगायतले प्रशिक्षण दिनु भएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेको स्ववियुले केही आर्थिक सहयोग र थप स्वयं विद्यार्थीहरुले उठाएर कार्यक्रम गरिएको स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रा सिर्जना थपलियाले बताउनुभयो ।

उक्त कार्यक्रममा राजनीतिशास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको तर्फबाट स्ववियुमा निर्वाचित भएका सभापति माधव खत्री, उपसभापति जीवन जङ्ग शाही, सचिव हरेन्द्र बि.क. र कोषाध्यक्ष भरतराज बुढथापालाई सम्मान गरिएको थियो ।

उक्त प्रशिक्षण तथा भेटघाट कार्यक्रममा एम.ए. दोस्रो र चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान अवस्थामा राजनीतिप्रति जनताको विश्वास घट्नुको कारण, नेताहरूलाई हेर्ने दृष्टिकोण र राजनीतिशास्त्र अध्ययनरत विद्यार्थीहरुको कस्तो भूमिका रहने भन्ने जस्ता विषयमा प्रशिक्षण र मन्तव्य दिइएको थियोे ।

दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी के.पी. घिमिरेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सोही सेमेष्टरमा अध्ययनरत विद्यार्थी तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्ले, प्रमुख अतिथिमा विभागीय प्रमुख रुद्रप्रसाद तिमिल्सिना, अतिथिहरुमा राजनीतिशास्त्र विषय अध्यापन गर्नुहुने अर्जुन प्रसाद पोखरले, डा. मिना पछाँइ, मधु पौडेल, स्ववियु सभापति माधब खत्री, जीवनजङ्ग शाही, हरेन्द्र बि.क., भरतराज बुढथापा लगायतका रहनु भएको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी सुमन गिरी श्रेष्ठदले राख्नु भएको थियोे भने दोस्रो सेमेष्टरबाट सिर्जना थपलिया, सुर्य नेपाली र चौथो सेमेष्टरबाट हिक्मत बि.क. ले मन्तव्य राख्नुभएको थियोे । त्यसैगरी स्ववियु कोषाध्यक्ष बढथापा, सचिव बि.क, उपाध्यक्ष शाही र सभापति खत्रीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *