नेपालगन्ज : नेपालगन्जमा रहेको सनराइज एकेडेमी अफ हस्पिटालिटीले बुधबार सरस्वती पूजाको अवसर पारेर बागेश्वरी मन्दिरमा प्रसाद वितरण गरेको छ ।
उक्त संस्थाका सिइयो अर्जुन नेपाली, प्रिन्सिपल रमेश खनाल, विद्यार्थीहरुको उपस्थितिमा प्रसाद वितरण गरिएको प्रिन्सिपल खनालले बताउनुभयो ।

पछिल्लो समयमा विदेश जानेहरुको रोजाइमा परेको उक्त एकेडेमीमा ८० बढी विद्यार्थीहरुले तालिम लिइरहेका छन् । तालिम सिकेर विदेश जादा बेरोजगार बस्नु नपर्ने साथै स्वदेशमै थुप्रै पाँच तारे, चार तारे होटलमा रोजगारीको व्यवस्था समेत उक्त एकेडेमीले गरेको खनालले बताउनुभयो ।

