सरस्वती पूजाको दिन जि.भि.एन. मा नयाँ विद्यार्थी भर्ना संगै पुरस्कार वितरण कार्यक्रम

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ बाँके गाउँमा रहेको जि.भि.एन. मा.वि. मा सरस्वती पूजाको शुभ अवसरमा नर्सरी कक्षामा ७० जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

पछिल्लो समयमा नेपालगन्ज शहरमा उक विद्यालय विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा पर्ने गरेको छ । शान्त वातावरणमा दक्ष, अनुभवी शिक्षक शिक्षिकाद्वारा पठनपाठन गराइने विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । उक्त विद्यालयमा हरेक हप्ता विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराइने गरेको विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बताउनुभयो ।

बुधबार सरस्वती पूजाको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरिएको हो । विद्यालयमा उल्लेख्य रुपमा अभिभावकहरुले सांस्कृतिक कार्यक्रम हेर्न आएको विद्यालयका प्रिन्सिपल थापाले बताउनुभयो ।

राष्ट्रपति कप रनिङ सिल्डमा विजेता खेलाडी लगायतकालाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, विशिष्ट अतिथिका रुपमा नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोरख बहादुर थापा लगायतको उपस्थिति रहेको प्रिन्सिपल थापाले बताउनुभयो ।

प्रिन्सिपल थापाका अनुसार आफ्नो विद्यालयमा नर्सरी कक्षामा ९० जना सम्मको कोटा रहेकोमा ७० जना भर्ना भएको र बाकी २० जनामात्र भर्ना लिन सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *