नागरिक उन्मुक्ति पार्टीको दोस्रो स्थापना दिवसमा दीप प्रज्वलन

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – नागरिक उन्मुक्ति पार्टीले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको छ ।

बाँकेको कोहलपुरको मुख्य सडक पूर्व पश्चिम राजमार्गको कोहलपुर चौराहामा दीप प्रज्वलन गरिएको हो । सोही अवसरमा केक काटेर पार्टीका नेता तथा कार्यकर्ताहरुले खुसी आदानप्रदान गरेका छन् ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सुरेस कु चौधरी , कृष्ण प्रसाद उपाध्याय , गिता चौधरी , बुद्धि थारु , चन्तराम थारु , पदम राज वली , राधेश्याम थारु लगायत जिल्ला तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीका बाँके जिल्ला सचिव भुम भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *