नेपालगन्जमा शिशु वात्सल्य सेवा केन्द्र स्थापना, नयाँपन दिने जमर्को

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा बालबालिकालाई मध्यनजर गर्दै शिशु वात्सल्य सेवा केन्द्र स्थापना भएको छ ।

जन्मेको ६ महिना देखि विद्यालय जाने उमेर सम्मका सानासाना बालबालिकालाई मध्यनजर गरेर उक्त सेवा केन्द्र स्थापना गरेको संस्थनकि सञ्चालिका तुल्सा पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो ” हामीले जन्मेको ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई मध्यनजर गरेर संस्था स्थापना गरेका छौं र बाँकेमा नौलोपना दिनेछौं उहाँका अनुसार हाल उक्त सेवा केन्द्रमा ४ जना बालबालिकालाई भएको र धेरैले सम्पर्क गर्नुभएको र अब ल्याउने तयारीमा रहेको बताउनुभयो ।

उक्त संस्थाकी सदस्य सुनिता शर्माको भनाइ अनुसार केन्द्रमा १ दिनका लागि पनि बालबालिकालाई राख्न सकिने र सो भन्दा बढी समयका लागि जतिसम्म पनि राख्न सकिने बताउनुभयो ।

सानासाना बालबालिकालाई घरमै जस्तो खाना, दूध, पौष्टिक आहार दिइने, उनीहरूलाई रमाउने, उनीहरुको रुचि अनुसार वातावरण सिर्जना गरिने र पारिवारिक वातावरणमा बालबालिकालाई राखिने बताउनुभयो । उक्त केन्द्रमा बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म राखिने बताउनुभयो । यो समयमा तलमाथि हुनसक्ने उहाँले बताउनुभयो । तिनजना सञ्चालकहरुले सञ्चालनमा ल्याएको उक्त सेवा केन्द्रमा बालबालिकाको आकर्षक रहने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *