मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

अर्थ / बाणिज्य

भरतपुर – मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।
एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।
चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ।
पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र मुस्लिम आन्दोलन मैत्री संचार क्षेत्रमा योगदान पुर्याएको भन्दै एशोसिएसनले उक्त पुरस्कार क्लबलाई प्रदान गरेको हो ।
यसैगरी गरि श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च र राष्ट्रिय यातायात पत्रकार मञ्चलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *