नेपाल राष्ट्रिय कर्मचारी महासंघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको मैत्रीपूर्ण बनभोज कार्यक्रम

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको आयोजनामा मैत्रीपूर्ण बनभोज कार्यक्रम गरिएको छ ।
आज बाँकेको कोहलपुर नगरपालिकामा पर्ने खर्डकवार पार्कमा दुवै महासंघको आयोजनामा बनभोज कार्यक्रम गरिएको नेपाल राष्ट्रिय कर्मचारी महासंघका बाँके जिल्ला अध्यक्ष पवन देव अर्यालले बताए ।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम, लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुना, नेकपा माओवादी केन्द्रकि केन्द्रीय सदस्य दामा शर्मा, महिला नेतृ तारा रोकाय, रेनुका खड्का , संगठनका नेताहरु लगायतको उपस्थितिमा उक्त बनभोज कार्यक्रम गरिएको प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष लंक बहादुर रोकायले बताए ।

बाँके जिल्लाका विभिन्न कार्यालयमा कामगर्ने निजामती, स्वास्थ्य, विद्युत, प्राइभेट संघ संस्थामा कामगर्ने माओवादी केन्द्र निकट आश्था भएका कर्मचारीहरुबिच चिनजान र भाइचारा रही राख्नका लागि कार्यक्रम आयोजना गरिएको नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष पवन देव अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *