नेपालगन्ज : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको नबौं अधिबेशन सम्पन्न भएको छ, जसबाट अध्यक्ष पदमा ज्ञानेन्द्र राज वली सर्वसम्मत चयन भएका छन् ।
आज नेपालगन्जमा भएको अधिबेशनबाट ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो, जसबाट अध्यक्ष पदमा ज्ञानेन्द्र राज वली, उपाध्यक्ष पदमा मनोज बिक, सचिव: रमेश मिजार, सह-सचीव: नारायण खनाल , सुनिल रसाइली , कोषाधक्ष: मुना कठायत लगायतको ७५ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

