भारतको अपोलो अस्पतालले नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य  सेवा दिनेगरी सम्झौता

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बिरामीहरुले आजदेखी भारतको लखनउमा रहेको अपोलो मेडिक्स अस्पतालमा कार्यरत रहेका बरिस्ठ चिकित्सकहरुले निशुल्क सुपरस्पेशालिटी परामर्श सेवा पाउने भएका छन् ।
शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडिया, अपोलो मेडिक्स अस्पताल लखनउका प्रवन्ध निर्देशक डा. मयंक सोमानीबिच हस्ताक्षर गरेर सम्झौता गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुलाई शैक्षिक कार्यक्रम, फेलोशिप, प्रशिक्षण, अन्तरक्रिया, वर्कशप लगायका कुराहरु दुवै अस्पतालमा गरिने बताइएको छ । यहाँबाट रेफर गरिएका बिरामीहरुले अपोलो अस्पतालमा २० प्रतिशत सम्म फलोअपमा र ओ.पि.डि. चार्जमा, प्रयोगशाला, रेडिय‍ोलोजि लगायतमा छुट पाउनेछन् ।

यदि अपोलो अस्पतालमा भर्ना भइ सेवा लिनुपर्ने भएमा १० प्रतिशत सम्म छुट पाउनेछन् त्यसका लागि नेपालगन्ज मेडिकल कलेजबाट रेफर कार्ड देखाउनुपर्ने हुन्छ तर फार्मेसीमा भने कुनै छुट नदिइने बताइएको छ ।
बिरामीहरुलाई सुपरस्पेशलिष्ट सेवाहरु जस्तै क्यान्सर रोग, आइ भि.एफ. सेवा, मुटु र‍ोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी, क्यान्सर र‍ोगको सर्जरी आदि प्रदान गरिने भएको छ ।
अपोलो अस्पतालबाट कृतिम गर्भधारण आई. भि.एफ.को लागि डा. राधिका वाजपेयी, मुटु शल्यक्रियाका लागि डा. भरत दुवे, प्लास्टिक सर्जरीका लागि डा. निखिल पुरी, मुटु रोगको लागि डा. मोहित मोहन सिंह, क्यान्सर सर्जरीका लागि डा. जिशाउद्दिन अहमद लगायतको टीम आउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *