माण्डवी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

लुम्बिनी प्रदेश बिशेष शिक्षा

प्युठान : प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा गाउँपालिकाको खेलकूद मैदान मार्सीबाङमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मी, प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल के.सी, उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु , विद्यालयका प्र.अ, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधि, पत्रकार , समाजसेवी, बुद्धिजीवी, विद्यार्थीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

पौष २४ देखि २६ सम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स, फिल्ड गेम, भलिबल र कबड्डी गरी ३० विधामा खेलहरु संचालन हुने पालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *