नेपालगन्ज : बाँकेको नेपालगन्जमा उपमहानगरपालिका मा रहेको ज्ञानोदय विद्या निकेतन ई. मि. माध्यमिक विद्यालयमा फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा नर्सरी देखि कक्षा १० सम्म पढ्ने सानासाना विद्यार्थी भाइबहिनीहरुले पकाएको मीठो मीठो परिकार खानलाई विद्यार्थीका अभिभावक देखि लिएर नगर शिक्षा प्रमुख गोरख बहादुर थापा, प्याब्सन बाँके अध्यक्ष विकास ब्रजाचार्य लगायतको उपस्थित भएको विद्यालयका प्रिन्सिपल मानबहादुर थापाले बताउनुभयो ।

विद्यार्थीहरु बिच सांस्कृतिक कार्यक्रम र कल्चरल सो प्रतिस्पर्धा समेत गराइएको थियो । उक्त फेस्टिभल भिजिट गर्न कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।
विद्यार्थीहरुले बनाएको परिकारको स्वाद लिदै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख थापाले यस्ता किसिमका कार्यक्रम विद्यालयहरुले गरिराख्नु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो । पढाइको अलावा अतिरिक्त क्रियाकलाप पनि जरुरी रहेको उहाँले बताउनुभयो ।


