माओवादी केन्द्र पुर्न गठन अभियान जारी छ : नेता सुबेदी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एंव बाँके ईन्चार्ज पुर्णा कुमारी सुबेदीले माओवादी आन्दोलन पुर्नगठन अभियान चलिरहेको बताएकी छन। माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ११ शान्तीनगर टोलका बिभिन्न टोल समिती गठन गरिएको  कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।

माओवादीको बलमा स्थापित गणतन्त्रमा हाल अन्य दलको हालि मुहाली हुदा जनताले बास्तबिक गणतन्त्रको अनुभुति गर्न नपाएको बताईन । उनले माओवादी नेतृत्वमा रहेको भुमि सुधार मन्त्रालयले भुमिहिन तथा सुकुम्बासी र अव्यवस्थीत बसोवासीलाई छिटै जग्गा धनि प्रमाणपुर्जा बितरण गर्ने तयारी गरिरहेको जानकारी दिईन ।

उनले माओवादीलाई पुर्न गठन गरि २०५४ सालको अवस्थामा लैजाने स्प्रिडका साथ संगठन निर्माणका काम भई रहको बताईन ।
कार्यक्रममा माओवादी केन्द्रका युवा नेता अबिरल खड्काले माओवादी पाटी भुमिहीन सुकुम्वासी र श्रमजिवीको पार्टी भएको बताए ।  कार्यक्रममा माओवादी केन्द्रका नेताहरु शेषकान्त शर्मा , रेशम सापकोटा , जिवन थापा , युवराज भण्डारी , गणेश साही लगायतले बोलेका थिए ।

सोमवार कोहलपुर ११ शान्तिनगरमा ४ ओटा सेल र १ ओटा टोल कमिटी गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *