नेपालगन्ज उपमहानगरपालिकाको २० मिटर दूरीमा खाल्डाखुल्डी, सवारी चलाउन जोखिम

नेपालगंज बिशेष

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका नजिकै सडकमा खाल्डाखुल्डी भएको हुदाँ सवारी चलाउन गाह्राे भइरहेको छ भने सडक पनि कुरुप देखिएको छ ।

उपमहानगरपालिकाको गेटदेखि २० मिटरको दुरी बि.पी.चोक नजिकै लामो समयदेखि बाटो खनेको उपमहानगरपालिकाले अहिलेसम्म पनि मर्मत नगर्दा उक्त ठाउँमा दुर्घटनामा हुने जोखिम बढी रहेको स्थानीयले बताएका छन् ।

नगरपालिकाको गेट सामुन्ने भएको जेब्रा क्रसिङ्ग पनि लागू नभएको स्थानीयले आरोप लगाएका छन् । गाडी स्पिडमा ल्याउछन् जेब्रा क्रसिङ्ग सम्बन्धि आम सर्वसाधारणलाई जनचेतना नहुदा सडकमा दुर्घटनामा भइरहेको छ । बिस्तारै मोटरसाइकल तथा अन्य सवारीसाधन चलाउनुपर्नेमा उक्त ठाउँमा झन् स्पिडमा सवारीसाधन चलाउने गरेको पाइन्छ ।

विद्युत् लाइनलाई फाइजर अन्डरलाइन गराउने भनेर ५ महिना अघि खनेको उपमहानगरपालिकाले अहिलेसम्म पनि मर्मत नगरी जस्ताको तस्तै सडक राख्नु लाजमर्दो भएको स्थानीयले बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *